images
images
images

लागू औषध सहित एक पक्राउ

images

तनहुँ, ५ भदौ
प्रहरीले अबैध लागू औषध सहित पक्राउ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आबुखैरेनी गाउँपालिका–१ सत्रसय बस्ने २६ वर्षीय दिपेश श्रेष्ठ र ३० वर्षका अजय गुरुङ रहेका छन् ।

शनिवार सुनौलीबाट पोखरा तर्फ जान आउदै गरेको लु १ ख ८५७१ न. को बसमा चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार उनीहरुको साथबाट लागू औषध फेला परेको प्रहरीले जानकारी दिएको छ । आबुखैरेनी गाउँपालिका–वेनिटार स्थित पृथ्वी राजमार्गमा अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले उनीहरुको झोलाबाट लागु औषध डाइजोपाम ६९ एम्पुल, फेनारागन ७० एम्पुल र नुर्फिन ६९ एम्पुल गरी जम्मा २सय ८ एम्पुल लागु औषध बरामद गरेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा आबुँखरैनीं.–२ बस्ने २७ वर्षका प्रितम थापाको समेत संलग्नता रहेकाले उनलाई पनि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका गरेका तीनै जनालाई आज जिल्ला अदालतबाट दिन १२को म्याद थप लिई ईलका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट आवश्यक अनुसन्धान कार्य भईरहेको बताइएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS