देवघाट
देवघाट गाँउपालिकाले ‘श्रमको सम्मान देवघाट गाउँपालिकाको अभियान’ संचालन गर्ने भएको छ । गाँउपालिकाले तथा कुनै काम सानो वा ठूलो हुदैन भन्ने भावना जगाउन अभियान सुरु गर्न लागेको जनाएको छ ।
‘एक महिना, एक वडा, एक घण्टा’ श्रमको सम्मान देवघाट गाउँपालिकाको अभियान’ नारा सहित अभियान संचालन गर्न लागिएको गाँउपालिाका अध्यक्ष तिल बहादुर थापाले बताए ।
देवघाट गाउँपालिकाको आर्थिक बर्ष २०७९–०८० को नीति तथा कार्यक्रम अनुरुप श्रम गर्ने बानीको विकास गर्ने अभियान सुरु गर्न लागेको देवघाट गाँउपालिकाका उपाध्यक्ष भुवसिं गुरुङले बताए । अभियान अन्र्तगत भदौ ३ गते ०३ गते शुक्रबाबाट सुरु गर्ने समेत पालिकाले जनाएको छ ।
अभियानको पालिकाले पहिलो देवघाट – ५ स्थित वेणी संगममा बोलबम मेलाका क्रममा जम्मा भएका फोहोरमैलाहरु सरसफाई तथा व्यवस्थापन गर्ने कार्यक्रम रहेको पालिकाका प्रमुख प्रशाशीय अधिकृत रमेश सुववेदीले बताए । देवघाट गाउँपालिकाले अभियानमा सरिक हुन सम्पुर्ण जनप्रतिनिधी, सरकारी तथा गैर सरकारी संघ–संस्थाका कर्मचारीहरुलाई अपिल समेत गरेको छ ।