तनहुँ
शुक्लागण्डकी नगरपालिकामा वडा नं. ७ मा भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत बमोजिम जग्गा नाप जाच सुरु भएको छ । जग्गा नापजाँच कार्य नगर प्रमुख कृष्णराज पण्डित,उपप्रमुख खुम बहादुर वि.क.,जनप्रतिनिधि स्थानिय बासिन्दाहरु समेतको उपस्थितिमा प्रारम्भ शुरु भएको हो । शुक्लागण्डकी ७ बाट सुरु भएको नापी कार्यालय तनहुँले जनाएको छ । नापी कार्यालय तनहुँका राजिव कुमार श्रेष्ठको नेतृत्वमा आयोगबाट आएको ४ जनाको टोलीले नापजाँच सुरु गरेको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले बताए ।
शुक्लागण्डकी ७ मा मात्रै करिब ८ सय भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको शुक्लागण्डकी नगरपालिकाका उप प्रमुख खुम बहादुर वि.क.ले बताए । बषौ अघिदेखि सो स्थानमा बसोबास गरेको भएपनि स्थानीयहरुले पुर्जा पाउन सकेका थिएनन् ।