
तनहुँ । मालपोत कार्यालय तनहुँले शुक्रबार पहिलाे सेवाग्राहीलाई सम्मान गरेकाे छ ।
जग्गा प्रशासन तथा पारित/रजिष्ट्रेशनको शतवार्षिकीको अवसरमा सम्मान गरिएको हो ।
लिखत गरि दिने विक्रिकर्ता गजरकाेट ८ तनहुँका तिलबहादुर श्रेष्ठ र लिखत गराई लिने खरिदकर्ता जामुने ४ का बाबुराम श्रेष्ठलाई मालपोत कार्यालय तनहुँका मालपोत अधिकृत खेम बहादुर खत्रीले टिका खादा लगाई सम्मान गरिएको हाे ।
वि.सं. १९७९ साल बैशाख १ गते देखि पोता रजिष्ट्रेशनको रुपमा पहिलो लिखत पारित भई १ सय वर्षको गौरवपूर्ण इतिहास पार गरेको अवसरमा ३ दिन शतवार्षिकी कार्यक्रम मनाइएको नायव सुब्बा टीका घाेरासाइनीले बताए ।
२०७८ चैत ३० गते कार्यालय परिसरमा सरसफाई, २०७९ बैशाख १ गते दीप पर्जाेलन र २ गते पहिलाे सेवाग्राहीलाई सम्मान गरिएको कार्यालयले जनाएको छ ।