
दुलेगौंडा । नेकपा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ शुक्लागण्डकीको अध्यक्षमा शिव पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार दुलेगौंडामा भएको व्यवसाीहरुको भेलाले उपाध्यक्षमा सुन्दर बस्याल, बालकुमार वाग्ले, सचिवमा महेन्द्रराज खनाल, कोषाध्यक्षमा सुभद्रा लम्साल, सह–सचिवमा देवी राना, रमेश विक, उत्सव भुजेल र सह–कोषाध्यक्षमा गिर बहादुर थापा चयन भए ।
सदस्यहरुमा राम श्रेष्ठ, सुर्य ढुंगाना, वशन्त अछामी, विर बहादुर श्रेष्ठ लगायत रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेको पक्षमा जनलहर देखिएकाले अन्य पार्टीले महागठबन्धन बनाउन खोजेको बताए ।
उनले देशको समृद्धिकोलागि एमालेले सबै तहका सरकार नेतृत्व गर्नुपर्ने भएकाले सबै व्यवसायीलाई एक भएर एमालेको पक्षमा उभिन आग्रह गरे । नेकपा एमाले नगर कमिटी सदस्य एवम् उद्योग विभाग इन्चार्ज विमल प्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्य रामचन्द्र उपाध्याय, नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेना लगायतले बोलेका थिए ।