images
images
images

लखन चोक ट्याक्सी सेवा केन्द्रको साधरण सभा सम्पन्न

images

पोखरा । लखन चोक ट्याक्सी सेवा केन्द्रको १४ औँ बार्षिक साधारण सभा तथा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ। ट्याक्सि सेवा केन्द्रका प्रमुख जगत गुरुङ्ग को अध्यक्षता मा भएको कार्यक्रमको प्रमुख अतिथी पोखरेली ट्याक्सी सेवा प्रा. लि का अध्यक्ष प्रकाशमणी तिवारी रहेका थिए। तिवारिले ट्याक्सी ब्यवसायी मारमा पर्ने भएकोले २० बर्ष चलेका सवारी साधन बिस्थापित गर्ने नीतिलाई खारेज गर्न सरकार संग माग गर्ने बताका छन। साथै पोखरा नेपालको मुख्य पर्यटकिय शहर भएकोले घुम्न आउने देश तथा बिदेशि पाहुनाहरु संग सब्य र शिष्ट व्यवहार गरेर मन जित्नु पर्ने चालक हरुलाई सुझब दिएका थिए।

कार्यक्रमका बिशिस्ट अतिथी पोखरेलि ट्याक्सी सेवा प्रा.लि का कोष प्रमुख सुर्य बहादुर थापाले पोखरामा रहेका सेवा केन्द्रहरु मध्य पहिलो भित्ते पात्रो बिमोचन गर्न सफल भएकोमा लखनचोक ट्याक्सी सेवा केन्द्र लाई धन्यवाद प्रकट गर्दै खुशि ब्यक्त गरेका थिए। साथै पोखरामा धेरै असहाय, दुखी, पिडितहरु लाई सहयोग गर्दै आएका थापाले त्यस्ता कोहि शिक्षा बिहिन बच्चा हरु भेटिए आफुले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन।


कोभिड १९ का बेला असल चालकको सम्मान पाएका, इमानदारी चालक जितु परियारले कार्यक्रम संचालन गरेका थिए भने मन कुमार तामाङ्गले स्वागत मन्तब्य र डिल बहादुर नेपालीले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा सेवाकेन्द्र भित्रका असल ट्याक्सी चालकहरु लाई सम्मान गरिएको थियो। सम्मान पाउनेमा दिपक बहादुर सुनार, रन बहादुर हितान, र चिन्ताराम पुन रहेका छन। ट्याक्सी ब्यवसायिहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा फुलमुन स्टुडियो बाट कपिल श्रेष्ठको नेत्तृत्वमा साँस्कृतिक प्रस्तुती राखिएको थियो।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS