
तनहुँ । नेकपा (माओवादी केन्द्र) निकट वाईसिएलको वडा कमिटि गठन गरिएको छ । वाईसिएलले जिल्लाको व्यास-१ मा वडा समिति गठन गरेको हो ।
उक्त वडा कमिटिको अध्यक्षमा धिरज थापा चयन भएका छन् । यस्तै उपाध्यक्षमा विनाेद रानाभाट, सचिवमा प्रमिशा ठकुरी, सह-सचिवमा जुन बहादुर गुरूङ्ग र काेषाध्यक्षमा उर्मिशा ठकुरी चयन भएको छ ।
सो वडा कमिटि २९ जनाको रहेको वाईसिएल व्यासनगर अध्यक्ष निर्दाेष भट्टराईले जानकारी दिए ।
कार्यक्रमकाे अध्यक्षता वाईसिएल व्यास नगर इन्चार्ज विष्णु ठकुरीले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्र व्यासनगर अध्यक्ष रामचन्द्र सापकाेटा रहेका थिए । यस्तै विशिष्ट अतिथि माओवादी केन्द्र व्यासनगरका सह-सचिव हर्क बहादुर थापा (एचबी) र माओवादी केन्द्र व्यासनगरका कोषाध्यक्ष केहर सिं आले (बादल) रहेका थिए ।