images
images
images

भरत गुरुङलाई रोट्रयाक्टको सचिन स्मृति दौड प्रतियोगिताको उपाधी

images

तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीले शनिबार आयोजना गरेको १९औं स्व. सचिन स्मृति दौड प्रतियोगिताको उपाधि भरत गुरुङले जितेका छन् ।

तनहुँको व्यास नगरपालिका-३ अनसन चौतारीदेखि व्यास नगरपालिका-१४ छाब्दीसम्मको ९ किलोमिटर दूरी ३० मिनेट १० सेकेण्डमा पार गर्दै गुरुङले उपाधि जितेका हुन् । भानु नगरपालिका-३ तुरतुरे निवासी गुरुङ भारतीय सेनामा कार्यरत छन्।

प्रतियोगितामा नवलपुर कावासोतीका रन्जित मगर द्वितीय भएका छन् । उनले उक्त दूरी ३१ मिनेटमा पार गरेका थिए । उनी पनि भारतीय सेनामा कार्यरत छन् ।

त्यस्तै प्रतियोगितामा व्यास नगरपालिका-६ का प्रमिश गुरुङ तृतीय भएका छन् । उनले उक्त दूरी ३१ मिनेट ५० सेकेण्डमा पार गरेको कार्यक्रम संयोजक विशाल श्रेष्ठले जानकारी दिए ।

यस्तै व्यास-१० बैरेनीका अविषेक बोटे सान्त्वना भए । उनले उक्त दुरी ३२ मिनेट ३० सेकेन्डमा पार गरेका हुन ।

महिलातर्फ बागलुङ निवासी नेपाली सेनामा कार्यरत दुर्गाकुमारी शर्मा प्रथम भइन् । उनले उक्त दूरी ४१ मिनेटमा पार गरिन् ।

यस्तै बाल धावकतर्फ ११ वर्षीय किर्तिक घर्तीले ५७ मिनेटमा उक्त दूरी पार गरे ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १२ हजार १२, रु १० हजार १० र रु ८ हजार ८ प्रदान गरिएको क्लवका अध्यक्ष सुशान्त अधिकारीले जानकारी दिए।

यस्तै सान्त्वना, महिला प्रथम र बाल धावकले क्रमशः रु २ हजार २ प्राप्त गरे ।

प्रतियोगितामा महिला र पुरुष गरी एक सय ४७ धावकको सहभागिता थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले दौड प्रतियोगिताले शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने बताए ।

क्लवले एक होनहार युवा गुमाएको स्मरण गर्दै न्यौपानेले सचिनको स्मृतिलाई चीरस्थायी बनाउन क्लवले आयोजना गर्ने कार्यक्रम प्रशंसनीय रहेको उनको भनाई थियो ।

सन् २००३ देखि क्लवले हरेक वर्ष स्व. श्रेष्ठको सम्झनामा खुल्ला दौड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

क्लवको कार्यक्रममा भारतको कलकत्ता जाने क्रममा वीरगञ्जमा बस दुर्घटनामा परी श्रेष्ठको निधन भएको थियो । क्लवले हरेक वर्ष सचिनको स्मृतिमा दौड र रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS