
म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाले छुटेका भूमिहिनको निवेदन माग गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीद्वारा प्रेषित सुचना अनुसार भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत संकलन सम्बन्धि कार्यविधि २०७७ बमोजिम गाउँपालिका बाट गतवर्षमा फाराम भराइ निवेदन दर्ता निस्सा लिएका बाहेक अन्य छुटेका र बाँकी रहेका भुमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिन भनिएको छ ।
राष्ट्रिय भूमि आयोगले तोकेको ढाँचामा सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र गाउँपालिकाको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नको लागि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले अनुरोध गरेका छन् ।