images
images
images

जीपको ठक्करबाट गुणादीका स्कुटरचालक खनालको मृत्यु

images

तनहुँ । तनहुँ म्याग्दे गाउपालिका-१ बरचौरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । उक्त दुर्घटनामा जिल्लाको म्याग्दे-१ तल्लो गुणादी बस्ने ४० वर्षीय मनोज खनालको मृत्युु भएको प्रहरीले जनाएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत थर्पुबाट दमौली तर्फ आउदै गरेको ग२च ७४७४ नम्बरको बलेरो जिपले बिपरित दिशाबाट जादै गरेको ग७प ५८२६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक खनाल गम्भीर घाइते भएका थिए ।

घाइते खनालको उपचारको लागी जिल्ला अस्पताल दमौली ल्याएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS