images
images
images

भानुको नयाँबस्तिमा घरेलु हिंसामा परेकी बृद्धाको मानवअधिकार समुहको पहलमा उपचार

images

तनहुँ । घरेलु हिंसामा परेकी भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ बर्षीया बृद्धा मिनाकुमारी गन्धर्वको मानवअधिकार समुहको पहलमा उपचार गरिएको छ । आफ्नै छोरा विक्रम गन्धर्वले मंगलबार साँझ घरमै मरणासन्न हुने गरि कुटपिट गरेपछि इन्सेक अभियानसँग आवद्ध मानवअधिकार समुहकी सदस्य तुलसी गैरेको पहलमा बृद्धाको उपचार भएको हो । गैरेले नै बृद्धालाई घरबाट उद्धार गरि स्वास्थ्य चौकीसम्म पु¥याएकी थिईन् ।

गैरे सहितका स्थानीय बासिन्दाले बुधबार इलाका प्रहरी कार्यालय नारेश्वरटारमा गई कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै उजुरी समेत दिएका छन् । प्रहरीले आमालाई कुटपिट गर्ने छोरालाई मंगलबार साँझ नै गिरफ्तार गरेकोमा बुधबार दैनिक हाजिरीमा रिहा गरेको छ ।

कुटपिटबाट घाईते भई घरमै रहेकी मिनाकुमारीलाई मानवअधिकार समुहकी सदस्य गैरेले उद्धार गरि स्वास्थ्य संस्थामा लगेकी थिईन् । पीडितको टाउको, ढाँड, र खुट्टमा चोट लागेको छ । भानु आधारभुत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले घाईतको उपचार गरेका छन् ।

आमालाई निर्घात कुटपिट गर्ने विक्रमलाई कारवाहीको माग गर्दै वडा नम्बर १ की वडा सदस्य मिठु गन्धर्व, मानवअधिकार समुहकी सदस्य तुलसी गैरे लगायतले इलाका प्रहरी कार्यालय नारेश्वरटारा उजुरी दिएका छन् । प्रहरीले भने विक्रम छारे रोगी भएको भन्दै दैनिक तारेखमा आउने गरि बुधबार रिहा गरेको छ । इलाका प्रहरी कार्यालय भानुका इन्चार्ज प्रकाश भुषालले छारे रोगी भएको कारण हिरासतमा राख्न समस्या भएकोले दैनिक तारेखमा राखिएको बताए । उनले बृद्धाको सुरक्षाको लागि नयाँ बस्तीमा रातीको समयमा निरगानी बढाईने बताए ।

वडा नम्बर १ की वडा सदस्य मिठु गन्धवले मानवअधिकार समुहकी सदस्य तुलसी गैरेले घाईतको उपचारमा निकै सहयोग गरेको र इप्रका भानुमा समेत गई अभियुक्तलाई कडा कारवाहीको माग गरेको बताईन् ।

उपचारकोलगि इन्सेकको सहयोग

यसैविच घाईते बृद्धाको थप उपचारको लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तर्फबाट पाँच हजार रुपैयाँ उपलब्ध गराईएको छ । इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले बुधबार भानु आधारभुत स्वास्थ्य केन्द्रमा पुगी घाईते बृद्धालाई सो रकम उपलब्ध गराएका थिए ।

सो क्रममा इन्सेक प्रतिनिधि भट्टराईले घाईतेको अवस्थाको बारेमा जानकारी लिई अभियुक्तलाई भएको कानुनी कारवाहीको बारेमा इप्रका भानुका इन्चार्ज भुषालसँग जानकारी लिएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS