images
images
images

प्रहरी महानरिक्षक क्षेत्रीद्धारा शुक्लागण्डकीको प्रदेश दंगा नियन्त्रण प्रहरी गणको निरिक्षण

images

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी–८ मा अवस्थित गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गणको प्रहरी महानरिक्षक शैलेश थापा क्षेत्रीले अवलोकन गर्नुका साथै आवश्यक निर्देशन दिएका छन् ।

गोरखा जाने क्रममा महानिरिक्षक क्षेत्री गणमा निर्माण भइरहेका पूर्वाधारको अवलोकन र कार्यरत कर्मचारीलाई निर्देशनकोलागि पुगेका थिए । सो अवसरमा बोल्दै महानिरिक्षक क्षेत्रीले उच्च मनोवलका साथ काम गरि संगठन प्रति आँच आउने कार्य नगर्न निर्देशन दिए । साथै आर्थिक प्रलोभनमा नपरि सेवाग्राही संग शिष्ट व्यवहार गर्न समेत निर्देशन दिए ।

उनले सामाजिक सञ्जालमा आउने प्रहरी विरुद्धको झुठो समाचारहरुलाई विश्वास नगर्न समेत आग्रह गरे । गण्डकी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक दिपेश लोहनीको समेत उपस्थिति रहेको थियो ।

गणका गण प्रमुख प्रहरी उपरिक्षक दयानिधि ज्ञवालीले गणमा भइरहेको भौतिक पूर्वाधारकोबारे जानकारी दिएका थिए । गणमा हाल मेस भवन निर्माणको अन्तिम चरणमा पुगेको छ भने २ सय जना अट्ने ब्यारेक निर्माण सम्पन्न भइसकेको छ । थप ३ सय जना अट्ने ब्यारेक आवश्यक रहेको एसपी ज्ञवालीले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS