images
images
images

इनरह्विल न्युरोड पोखराद्वारा पार्वती आधारभुतका विद्यार्थीलाई छात्रवृत्ति र स्टेशनरी

images

तनहुँ । तनहुँको म्याग्देमा रहेकोे पार्वती अाधारभुत विद्यालय विद्यालयलाई इनरव्हील क्बल अफ न्यूरोड पोखराले छात्रवृत्ति एवं स्टेशनरी वितरण गरेको छ ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाको प्रमुख आतिथ्यता एवं उक्त क्लबकी अध्यक्ष दुर्गा शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख रानाले विद्यार्थीहरुको सिकाई उपलब्धी वृद्धि, पठनपाठनका लागि प्रेरणादायी भएको, विद्यार्थीहरु नियमित रुपमा विद्यालय उपस्थित हुन भन्ने उद्देश्यले गरिएको यस कार्यक्रम निकै नै फलदायी रहने बताईन ।

म्याग्दे गाउँपालिकाले यस कार्यको उच्च प्रशंसा गरेको र गाउँपालिकाले पनि विद्यालयकाे भाैतिक विकास र शैक्षिक विकासका लागि कुनै कसर बाँकि नराख्ने कुरा बताइन ।

कार्यक्रममा वि.व्य.स.अध्यक्ष चन्द्रकुमार मल्लले क्लबले वितरण गरेको छात्रवृत्ति, स्टेशनरीको उच्च सदुपयोग गर्नका लागि विद्यार्थी अभिभावक दुवैलाई सजग गराउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्यार्थीहरुका लागि इनरव्हील क्लब अफ न्यूरोड पोखराबाट १३२००, गिता केशीबाट १२००, गंगाकुमारी पराजुली पौडेलबाट १२००, निर्मला मल्ल जोशीबाट ४८००, लक्ष्मी बस्नेत अधिकारीबाट २४००, मञ्जु केशीबाट २४०० व्यक्तिगत रुपमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका थिए ।

क्लबको तर्फबाट स्टेशनरी समेत वितरण गरिएको थियो ।

उक्त क्लबले यस विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सत्र २०७४ र २०७५ मा पनि छात्रवृत्ति एवं स्टेशनरी वितरण गरेको थियो ।

विद्यालयमा भएको ७५ जना विद्यार्थीहरु मध्ये छात्रवृत्ति बाट १३ जना र ७५ जना स्टेशनरी सामग्रीबाट लाभान्वित भएका थिए । उक्त कार्यक्रम क्लबकी मीना शर्माले सञ्चालन गरेकी थिइन ।

क्लबकी निर्मला जोशी मल्लले स्वागत गरेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सागर आचार्यले धन्यवाद ज्ञापन गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS